अन्तर्राष्ट्रिय संगठनका विशेषज्ञद्वार चीनको प्रशंसा
2023-04-26 17:34:52CRI
Share with:

“विश्व खुलापन प्रतिवेदन २०२३” सम्बन्धी गोष्ठी २५ तारिख जेनेभामा आयोजित भएको छ। विश्व व्यापार संगठन, राष्ट्र संघीय व्यापार तथा विकास सम्मेलन, विश्व बौद्धिक अधिकार संगठन लगायत अन्तर्राष्ट्रिय संगठनका विशेषज्ञहरू उक्त गोष्ठीमा सहभागी थिए। उनीहरूले चिनियाँ विशेषज्ञसँग विश्वको खुलापन सूचकांकको निर्माण तथा सुधार, विश्वको खुलापनसम्बन्धी नयाँ प्रवृत्ति तथा कठिनाइ र “विश्वको खुलापन प्रतिवेदन २०२३” आदि विषयबारे छलफल गरेका छन्।

विशेषज्ञहरूले शाङहाइ अन्तर्राष्ट्रिय आयात एक्स्पोको अवसरमा प्रकाशित “विश्वको खुलापन प्रतिवेदन २०२२” को उच्च मूल्यांकन गर्दै उक्त प्रतिवेदनमा मतैक्यताका लागि सहयोग दिनुका साथै विश्वको साझा खुलापनलाई बढाएको प्रकट गरेका छन्।

विशेषज्ञहरूले “विश्व खुलापन प्रतिवेदन २०२३” लाई राय-सुझाव पनि दिएका छन्।

विशेषज्ञहरूका अनुसार, चीन विश्वको साझा खुलापन बढाउने महत्वपूर्ण शक्ति हो। चीनले उच्च गुणस्तरीय खुलापनलाई बढाएर आफ्नो विकास गर्नुका साथै विश्वको विकासका लागि पनि उत्कृष्ट योगदान दिएको छ। विश्व व्यापार संगठनका प्रथम अर्थशास्त्री लार्भ ओसाले चीन राम्रो नमूना भएर अन्तर्राष्ट्रिय व्यापारको सुधारमा शक्ति देखाएको कुरा व्यक्त गर्नुभएको छ। चीनमा अर्बौं मान्छेहरू गरिबीबाट मुक्त भएका छन्, जसले अरू विकासोन्मुख देशलाई आशा दिएको छ।

“विश्व खुलापन प्रतिवेदन २०२३” चालू वर्ष शाङहाइ आयात एक्स्पोको अवसरमा सार्वजनिक हुने जनाइएको छ।