चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र युक्रेनका राष्ट्रपतिबीच फोन वार्ता
2023-04-26 20:16:37CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच २६ तारिख दिउँसो फोन वार्ता भएको छ। दुवै पक्षले चीन र युक्रेनको सम्बन्ध र युक्रेन संकटबारे वैचारिक आदानप्रदान गरेका छन्।

राष्ट्राध्यक्ष सीका अनुसार, ३१ वर्षमा चीन र युक्रेनको सम्बन्ध रणनीतिक साझेदारी सम्बन्धको स्तरमा पुगेर दुई देशको विकासका लागि सहयोग दिएको छ। राष्ट्रपति जेलेन्स्कीले धेरै पटक आपसी सम्बन्ध र सहकार्यको विकासमाथि महत्व दिएकोमा पनि सीले प्रशंसा गर्नुभयो। साथै गत वर्ष चिनियाँ नागरिकलाई युक्रेनबाट फिर्ता गर्नका लागि सहयोग गरेकोमा धन्यवाद दिँदै सीले दुई देशको सम्बन्धको विकास गर्ने इच्छा  अविच्छिन्न र स्पष्ट रहेको साथै चीनले युक्रेनसँग आपसी हितयुक्त  सहकार्यलाई अगाडि बढाउने इच्छा राखेको बताउनुभयो।  

युक्रेन संकटको जटिल विकासले अन्तर्राष्ट्रिय परिस्थितिमा ठूलो प्रभाव पारेको छ। यस विषयबारे चीनले सधैं नै शान्तिपूर्ण पक्षमा परेर केन्द्रिय अडानका साथ शान्ति तथा वार्तालाई अघि बढाउनुपर्ने धारणा राखेको राष्ट्राध्यक्ष सीले बताउनुभयो। राष्ट्र संघीय सुरक्षा परिषद्को स्थायी सदस्य मुलुक र जिम्मेवार मुलुकको हैसियतमा चीनले युक्रेन संकटको वेवास्ता गर्नुहुँदैन र अझै उक्साउनुहुँदैन। र त्यसबाट फाइदा पाउने काम गर्नुहुँदैन। वार्ता एउटा मात्रै मार्ग हो। आणविक युद्धमा जितेको पक्ष छैन। आणविक मामिलामा विभिन्न पक्षले शान्ति कायम राखेर आफ्नै र मानवजातिको भविष्यबाट संकटको राम्ररी नियन्त्रण गर्नुपर्छ। विभिन्न पक्षले युक्रेन संकटबाट गहिरो रूपमा विचार गरेर वार्तामार्फत् यूरोपको दीर्घकालीन शान्ति तथा स्थिरताका लागि उपाय खोज्नुपर्छ। चीनले निरन्तर रूपमा शान्तिपूर्ण वार्तालाई घच्घच्याएर छिटै युद्ध विराम र पुनः शान्तिका लागि प्रयास गर्नेछ। चीनले यूरोप तथा एशिया मामिलासम्बन्धी विशेष प्रतिनिधि युक्रेनलगायत मुलुकमा पठाएर राजनीतिक तरिकाद्वारा युक्रेन संकटको समाधान गर्न विभिन्न पक्षसँग वैचारिक आदानप्रदान गर्नेछ। चीनले युक्रेनलाई धेरै खेपमा मानवीय उद्धार दिएर निरन्तर रूपमा सक्दो सहयोग दिने इच्छा राखेको छ। 

प्रत्युतरमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अन्तर्राष्ट्रिय मामिलामा चीनले राष्ट्र संघीय बडापत्रको उद्देश्य तथा नीतिको पालना गरेर अन्तर्राष्ट्रिय मञ्चमा ठूलो प्रभाव पारेको विचार व्यक्त गर्नुभयो। युक्रेनले एक चीनको नीतिलाई दृढताका साथ पालना गरेर चीनसँग चौतर्फी सहकार्य गर्दै सम्बन्धको नयाँ अध्यय सुरू गर्नुका साथै विश्वको शान्ति तथा स्थिरताको संरक्षण गर्ने आशा गरेको छ। राष्ट्रपति जेलेन्स्कीले वर्तमान युक्रेन संकटबारे चर्चा गर्नुका साथै चीनको मानवीय उद्धारका लागि धन्यवाद व्यक्त गर्नुभयो र पुनः शान्ति र राजनीतिक तरिकामार्फत् संकटको समाधान गर्न चीनले महत्वपूर्ण भूमिका खेल्नका लागि स्वागत गर्नुभयो।