शिक्षामा विश्व बैंकको १६ अर्ब सहयोग
2023-04-27 16:28:20CRI
Share with:

विश्व बैंकले नेपाललाई एक सय २० मिलियन अमेरिकी डलर ( झण्डै १६ अर्ब रुपैयाँ) बराबरको सहयोग दिने निर्णय गरेको छ । यो रकम नेपालको शिक्षा क्षेत्रका लागि दिइएको हो । गत शुक्रबार बसेको विश्व बैंकको कार्यकारी निर्देशकको बोर्ड बैठकले नेपालको शिक्षा क्षेत्रका विभिन्न कार्यक्रम कार्यान्वयनका लागि यो रकम दिने निर्णय गरेको हो । 

नेपालको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको कार्यान्वयनमा सहयोग स्वरुप यो अनुदान स्वीकृत भएको विश्व बैंकले जानकारी दिएको छ । यो कार्यक्रमले संघीय राज्यको महत्वकांक्षा पूरा गर्न शिक्षाको गुणस्तर र समतामुलक पहुँच बढाउने नेपाल सरकारको प्रयासलाई सहयोग पुर्‍याउने विश्व बैंकको भनाई छ । 

स्थानीय सरकारस्तरबाट शिक्षक निर्देशन प्रणाली स्थापना गरि विषयगत शिक्षकहरु सुनिश्चित गर्ने र गुणस्तरीय शिक्षामा बढी ध्यान केन्द्रीत गर्ने यो कार्यक्रमको लक्ष्य रहेको छ । यो कार्यक्रमले आधारभूत सिपको विकास गर्दै देशभरमै राष्ट्रिय एकीकृत पाठ्यक्रमलाई लागू गर्नमा केन्द्रित गर्ने बताइएको कारोबार अनलाइनले खबर लेखेको छ।