क्वाङ तोङ-हङकङ-मकाउ ठूलो खाडी क्षेत्रको उपभोग मौसम शुरू
2023-04-27 10:33:41cri
Share with:


अप्रिल २६ तारिख चीनको वाणिज्य मन्त्रालय, चाइना मिडिया ग्रूप, क्वाङ तोङ प्रान्तीय सरकार, हङकङ विशेष प्रशासनिक क्षेत्र तथा मकाउ विशेष प्रशासनिक क्षेत्रद्वारा संयुक्त रूपमा आयोजित क्वाङ तोङ-हङकङ-मकाउ ठूलो खाडी क्षेत्रको उपभोग मौसम एवम् तेस्रो  ई-कमर्स महोत्सव’ चीनको क्वाङ चौ सहरमा शुरू भएको छ।

चाइना मिडिया ग्रूपका प्रमुख शन हाइ स्यौङले आफ्नो मन्तव्यमा चाइना मिडिया ग्रूपले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको श्रेष्ठताको उपयोग गरी प्रशस्त वेबसाइटमार्फत् प्रत्यक्ष प्रसारण र उपभोग कार्यक्रमको आयोजना गरी एउटा भव्य क्वाङ तोङ-हङकङ-मकाउ ठूलो खाडी क्षेत्रको किनमेल कार्निवलको सिर्जना गर्ने बताउनुभएको छ।

चाइना मिडिया ग्रूपले केही वर्षयता चीनको वाणिज्य मन्त्रालय र चीनका विभिन्न प्रान्तहरूसँग उपभोगलाई प्रबर्द्धन गर्ने कार्यक्रमको आयोजना गर्दै आएको छ।