चिनियाँ सेनाद्वारा पानीजहाजमार्फत सुडानमा रहेका चिनियाँ नागरिकलाई स्वदेश फर्काउँदै
2023-04-27 14:52:15cri
Share with:

चीनको राष्ट्रिय प्रतिरक्षा मन्त्रालयका प्रेस प्रवक्ता थान ख फैले २७ तारिख चिनियाँ सेनाले पानीजहाज पठाएर सुडानमा रहेका चिनियाँ नागरिकहरूलाई फिर्ता ल्याएको विषयबारे सम्बोधन गर्नुभएको छ।

 

प्रेस प्रवक्ता थानका अनुसार, हाल सुडानको सुरक्षा परिस्थिति लगातार रूपमा बिग्रँदै गएकाले सुडानमा रहेका चिनियाँहरूको जनधनको सुरक्षा गर्नका लागि एकीकृत निर्देशन बमोजिम चिनियाँ सेनाले अप्रिल २६ तारिखदेखि नौ सेनाको पानीजहाजलाई पठाउँदै सुडानमा रहेका चिनियाँ नागरिकहरूलाई स्वदेश फर्काइरहेको छ।