चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयबाट अमेरिकासँग गम्भीरताका साथ वार्ता तथा कडा विरोध
2023-04-27 17:24:19CRI
Share with:

केही दिनअघि अमेरिकी कानून मन्त्रालयले ४० जना चिनियाँ प्रहरी तथा सरकारी अधिकारीमाथि तथाकथित “देशपार दमन” को आरोप लगाएको घटनाबारे चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयले प्रतिक्रिया व्यक्त गरेको छ। मन्त्रालयका जिम्मेवार व्यक्तिले अमेरिकी कानून मन्त्रालय तथा पैचिङस्थित एफबीआईका प्रतिनिधिसँग गम्भीरताका साथ वार्ता गरेर कडा विरोध व्यक्त गरेका छन्।  

चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयका प्रवक्ताले २६ तारिख उक्त जानकारी दिएका हुन्। 

चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयले अमेरिकाको बदनियतपूर्ण तरीकाले अर्काको भूमिमा दमन गरेको आरोप लगाएकोमा कडा विरोध गरेको बताएको छ। अमेरिकी कानून प्रवर्द्धन विभागले फौजदारी मुद्दामार्फत् राजनीतिक चलाखी गरेको र सो विभागले अमेरिकी सरकारलाई साथ दिएर चीनमाथि हिलो छ्याप्ने प्रयास गरेकोमा पनि मन्त्रालयले विरोध गरेको छ। 

अमेरिकी कानून प्रवर्द्धन विभागले आफूलाई निष्पक्ष र स्वतन्त्र हुनुका साथै राजनीतिसित सम्बन्धित नरहेको मानेको छ। तर यसपटक जसले तीन फौजदारी अभियोग लगाउँदै अपराधपूर्व नै अनुमानका आधारमा दोषी ठहर गरेको छ। जसले चिनियाँ नागरिकको वैधानिक अधिकार तथा फाइदामाथि क्षति पुर्याउनुका साथै कानूनलाई हतियारको रूपमा लिई राजनीतिकरण गर्ने कुत्सित मनसाय सार्वजनिक गरेको छ। चीनले कडा असन्तोष व्यक्त गर्नुका साथै तुरून्तै राजनीतिक चलाखी नगर्न र कानूनी प्रभुत्व रोक्न पनि अमेरिकासँग आग्रह गरेको छ।