चीन आयात तथा निर्यात मेलाको दोस्रो चरण सम्पन्न
2023-04-27 14:43:22cri
Share with:

५ दिने चीन आयात तथा निर्यात मेलाको दोस्रो चरण आज अप्रिल २७ तारिख सम्पन्न भएको छ। यस चरणको मेलामा दैनिक उपभोग्य वस्तुहरू, उपहार सामग्रीहरू तथा घर सजावटका सामग्रीहरू र औद्योगिक उत्पादनहरू प्रदर्शनमा राखिएका थिए।

 

यस वर्ष चीन आयात तथा निर्यात मेलामा ५०० भन्दा बढी बुथहरू स्थापना गरिएका छन् र विभिन्न व्यवसायहरूका ३८० भन्दा बढी प्रदर्शकहरू सहभागी भएका छन्।

 

चीन आयात तथा निर्यात मेलाले स्वदेशी र विदेशी उत्पादकहरूलाई चीनको उत्पादन क्षमताको प्रदर्शन मात्रै नभइ यसले विश्वव्यापी व्यवसायहरूलाई डिजाइनदेखि उत्पादन र अन्तिम निर्यातसम्मको सेवाको पूर्ण श्रृंखला उपलब्ध गराएको छ।