ओकिनावा फेरि युद्धमैदान नबनोस्
2023-04-27 16:47:37CRI
Share with:

स्थानीय समयअनुसार अप्रिल २६ तारिख बिहान जापानी ओकिनावा जिल्लाका धेरै वासिन्दाहरूले सेल्फ-डिफेन्स फोर्सका सैनिकहरू र गाडीहरू स्थानीय बन्दरगाह र सडकमा प्रवेश गरेका देखे। किनभने जापानी सरकारले त्यहाँ “प्याट्रिओट तीन” क्षेप्यास्त्रको बन्दोबस्ती मिलाउने घोषणा गरेको छ। स्थानीय सञ्चार-माध्यमले आरोप लगाएअनुसार, जापानी सरकारले सैनिक प्रबन्ध निरन्तर रुपमा विस्तार गरेको कुराले “शान्ति संविधान” उल्लंघन गरेको छ र क्षेत्रीय सुरक्षा र स्थिरताका लागि त्रास-धम्की दिएको छ। 

“ओकिनावा फेरि युद्धक्षेत्र बन्न नदिनोस्।” अप्रिल २४ तारिख र २५ तारिख ओकिनावा जिल्लाका साँसदहरूको प्रतिनिधि मण्डलले जापानी रक्षा मन्त्रालय, मन्त्री मण्डल, विदेश मन्त्रालयसमक्ष शान्तिपूर्ण कूटनीतिको सम्बन्धमा ओकिनावा जिल्लाको संसदद्वारा पारित गरिएको निर्णय पत्र पेश गरेको छ। उक्त ज्ञापन पत्रले जापानी सरकारसँग चीन र जापानबीचको चार राजनीतिक दस्तावेजमा निश्चित गरिएको विभिन्न सिद्धान्त अक्षरशःपालना गर्न, चीन र जापानको मित्रता अगाडि बढाउन, वार्ता र कूटनीतिक तरीकामार्फत शान्ति सिर्जना गर्न आग्रह गरेको छ। 

अप्रिल २४ तारिख अनेकौं जापानी नागरिक मण्डलहरूले सेल्फ-डिफेन्स फोर्सलाई ओकिनावामा क्षेप्यास्त्र सैन्य बन्दोबस्तीको विरोध गर्न मे २१ तारिख जुलुश प्रदर्शन गर्ने कुरा बताएका छन् र “ओकिनावालाई फेरि युद्धक्षेत्र बन्न नदिन” आह्वान गरेका छन्।  

ओकिनावाको स्थानीय सञ्चार-माध्यम रयूक्यू न्यूजले जनाएअनुसार, चीन जापानको सबैभन्दा ठूलो आर्थिक साझेदार हो। चीन र जापानले तनाव शिथिल पार्नुपर्ने र शान्ति सिर्जना गर्न सक्दो प्रयास गर्नुपर्ने देखिन्छ। 

ओकिनावाका सर्वसाधारण शान्ति चाहन्छन् र क्षेप्यास्त्र होइन। उनीहरूको मागप्रति जापानी सरकारले निष्ठापूर्वक ध्यानाकर्षण गर्नुपर्छ।