संरक्षण गरिएको एउटा रातो रङ्गको झोला
2023-04-28 15:15:41cri
Share with:

 

शहरमा काम गर्ने किसान कामदार फान योङको घरमा एउटा झोला राम्रोसँग सुरक्षा गरेर राखिएको छ। उनकी छोरी फान चिङ चिङ समय समयमा त्यस झोलालाई झिकेर ध्यान दिँदै हेर्छिन् र होशियारीपूर्वक त्यो झोलालाई दराजमा राख्ने गर्छिन्।  

 

१० वर्षअघि अर्थात् सन् २०१३ को वसन्त चाडअघि चीनका सर्वोच्च नेता सी चिनफिङले पैचिङ एक्सप्रेस रेलवे ८ नम्बर लाइनको निर्माण स्थल पुगी त्यहाँ कार्यरत् श्रमिक कामदारहरूको ख्याल विचार गर्दै उनीहरूलाई हार्दिक अभिवादन गर्नुभएको थियो। फान योङ त्यसै निर्माण स्थलका एकजना कामदार थिए। उनको अस्थायी कोठामा पुगेर सी चिनफिङले कुराकानी गर्नुभएको थियो। उनकी ६ वर्षिया छोरीलाई देखेपछि सी चिनफिङले एउटा रातो रङ्गको झोला दिनुभयो। त्यस झोलामा रङ्गीचङ्गी कलम, कापी र कथाका पुस्तक थिए। फान योङ र उनका परिवारजनका लागि त्यो एउटा मूल्यवान् उपहार नै हो।

 

१० वर्षपछि फान योङ तथा आफ्नो परिवारजनले अथक प्रयासमार्फत अझ सुखमय जीवनको सिर्जना गर्दै जाने छन्।