सी चिनफिङद्वारा अंगोलामा भएको आँधीबेहरी प्रकोपबारे अंगोलाका राष्ट्रपतिलाई सान्त्वना सन्देश
2023-04-28 19:33:04CRI
Share with:

अप्रिल २७ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अंगोलामा भएको आँधीबेहरी प्रकोपबारे अंगोलाका राष्ट्रपति जोआओ लौरेन्कोलाई समवेदना सन्देश पठाउनुभएको छ। 

सी चिनफिङले अंगोलाको राजधानी लुआन्डा लगायतका क्षेत्रहरुमा आँधीबेहरी प्रकोपका कारण धेरै जनधनको क्षति भएकोमा चीन सरकार र चिनियाँ जनताको तर्फबाट मृतकप्रति श्रद्धान्जली व्यक्त गर्नुका साथै मृतकका परिवार, घाइते र प्रकोपग्रस्त क्षेत्रका जनताप्रति हार्दिक सहानुभूति प्रकट गर्नुभयो। उहाँले अंगोलाले कठिनाइबाट पार पाउनसक्ने र आफ्नो थातथलोको पुनःनिर्माण गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो।