चीनका लागि निर्यातको नियन्त्रण गर्नखोज्ने गतिविधि अरूमाथि क्षति पुर्याउनुका साथै आफ्नो फाइदा पनि
2023-04-28 17:13:06CRI
Share with:

‘आर्थिक तथा व्यापारिक सहकार्य आपसी हितमा हुनुपर्छ। चीन अर्ध सुचालकको महत्वपूर्ण बजार हो। केही देशहरूले परनिर्भरतालाई कम पार्ने नाममा चीनको निर्यात नियन्त्रण गर्नखोज्नु रचनात्मक होइन। जसले अरू र आफ्नै फाइदामा क्षति पुर्याउनुका साथै विश्व औद्योगिक तथा आपूर्ति श्रृंखलाको स्थिरतामाथि पनि प्रभाव पार्नेछ’ चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले २८ तारिख नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो 

प्राप्त जानकारीअनुसार जर्मनी सरकारले चीनका लागि अर्ध सुचालकको उत्पादन गर्न चाहिने रासायनिक पदार्थको निर्यातमा नियन्त्रण गरिरहेको छ। चीनले केही देशहरूसँग बजार तथा अर्थतन्त्रको नियमलाई सम्मान गर्दै नियम तथा स्वार्थका कारण चीनसँग अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक व्यवस्थाको सुरक्षा गर्नुका साथै खुलापनयुक्त विश्व अर्थतन्त्रको निर्माणलाई बढाउन सुझाव दिएको छ।