समोला वा जातीय गाउँको सुखमय जीवन
2023-04-28 14:46:09cri
Share with:

समोला वा जातीय गाउँ दक्षिण पश्चिमी चीनको युन नान प्रान्त थङछौङ सहरको एउटा गाउँ हो। समोला वा जातीय भाषामा सुखमय ठाउँको अर्थ रहेको छ। यो एउटा ५ सय वर्ष लामो इतिहास बोकेको पुरानो गाउँमा वा जाति, हान जाति, पाइ जाति, ताइ जाति विविध जातीय जनता बसोबास गरेका छन्।

सन्२०२०को बसन्त चाड अगाडि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले समोला वा जातीय गाउँका ली श्वुन फाको घर भ्रमण गर्नुभएको थियो। ली श्वुन फाको घरको भित्तामा उति बेलाको फोटो झुण्ड्याइएको छ। ली श्वुन फाको घरमा राष्ट्राध्यक्ष सीले लीको जीवनबारे चासो राख्नुभएको थियो। तीन वर्षपछि ली श्वुन फा परिवारको जीवन पनि पहिलेभन्दा अझ राम्रो भएको छ।

समोला वा जातीय गाउँमा नमूना विशेषतायुक्त गाउँको स्थापना हुँदै गएकोले ली श्वुन फाकी छोरी ली ल्यान ह्वानले मास्टर डिग्रीपछि सहपाठी, साथी सँगसँगै जन्मस्थलमा आफ्नो कार्यथलो बनाउने योजना बनाएकी छिन्। यी युवाहरूले आफ्नो ज्ञानको शक्तिबाट समोला गाउँलेलाई अझ सुखमय जीवनको सिर्जना गर्ने छन्।