चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोबाट वर्तमान आर्थिक परिस्थिति तथा कार्यबारे विश्लेषण तथा अनुसन्धान
2023-04-28 17:09:39CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोले २८ तारिख बैठक बसी वर्तमान आर्थिक परिस्थिति तथा कार्यबारे विश्लेषण तथा अनुसन्धान गरेको छ। महासचिव सी चिनफिङले बैठकको अध्यक्षता गर्नुभएको छ। 
मागलाई विस्तार गर्नु वर्तमान अर्थतन्त्रको निरन्तर विकास गर्ने केन्द्रिय कारण भएको कुरामा बैठकले जोड दिएको छ। भित्री मागलाई विस्तार पार्न सकारात्मक वित्तीय नीतिलाई अझै प्रकावकारी बनाउनुका साथै स्वस्थ तथा स्थिर मुद्रा नीतिलाई सबल पार्नुपर्छ। बहुमञ्चबाट सर्वसाधारणको आम्दानीलाई बढाएर उपभोग्य वातावरण सुधार गर्नुका साथै सँस्कृति, पर्यटनलगायत सेवा उपभोगलाई घच्घच्याउनुपर्छ। सरकारको लगानी तथा प्रेरणाबाट निजी लगानीलाई प्रवर्द्धन गर्नुपर्छ। 
बैठकले सुधारलाई गहन पार्ने तथा उच्चस्तरीय खुलापनलाई विस्तार पार्ने, बैकिङ संकटको प्रतिरक्षा गर्ने, जनजीवनको प्रत्याभूति तथा सुधार गर्ने आदि विषयबारे निर्देशन पनि दिएको छ।