छिङहाई-तिब्बत पठारभूमिको संरक्षणमा चीन र नेपाल हातेमालो गर्दै #समाचारसन्दर्भ
2023-04-29 13:00:05CRI
Share with:


अप्रिल २६ तारिख चीनको १४औं राष्ट्रिय जनकांग्रेसको स्थायी समितिको दोस्रो अधिवेशनमा छिङहाई-तिब्बत पठारभूमिको पर्यावरणीय संरक्षण कानुन पारित भएको छ। सोही दिन, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले राष्ट्राध्यक्ष आदेशमा हस्ताक्षर गर्दै यसरी जनाउनुभयोः  सेप्टेम्बर १ देखि ‘जन गणतन्त्र चीन छिङहाई-तिब्बत पठारभूमिको पर्यावरणीय संरक्षण कानून’ लागू हुनेछ। जसबाट छिङहाई–तिब्बत पठारभूमिको पर्यावरणीय संरक्षण गर्दा चीनमा सम्बद्ध कानूनको पालना गर्नुपर्ने आवश्यकता हुन्छ।

प्राप्त जानकारी अनुसार, हिम पर्वत, नदी र ताल, जमेको माटो, घाँसे मैदान, जंगल र सिम्सार लगायत पर्यावरणीय प्रणालीमा पाइने तत्वहरूको संरक्षण र पुनस्थापना एवम् जैविक विविधताको संरक्षणको विषयबारे छिङ्हाई-तिब्बत पठारभूमिको पर्यावरणीय संरक्षण कानूनमा तोकिएको छ। तीन नदीहरूको स्रोत जस्ता मुख्य क्षेत्रहरूको संरक्षणलाई सबल पार्न तथा छिङ्हाई-तिब्बत पठारभूमिमा दुर्लभ हुन लागेका वा स्थानीय विशेषतायुक्त जंगली जनावर र वनस्पतिका प्रजातिहरूको संरक्षण गर्नको लागि पर्यावरणीय करिडोरहरूको स्थापना र सुधार गर्ने, भूक्षय रोकथाम र नियन्त्रण गर्ने, हरित खानी पहाडको निर्माण गर्नेसमेत अवस्था र कदमहरूलाई निर्धारण गर्ने विषय पनि सो कानूनमा राखिएको छ। साथै, यस कानूनको उल्लङ्घन गर्ने गतिविधिहरूको लागि कानूनी दायित्व पनि निश्चित गरिएको छ। 

चीन सरकारले सदैव छिङहाई-तिब्बत पठारभूमिको पर्यावरणीय संरक्षणलाई महत्व दिँदै आइरहेको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले धेरै पटक गरी छिङ्हाई–तिब्बत पठारभूमिको पर्यावरणीय संरक्षणका लागि महत्वपूर्ण भाषण र निर्देशन दिनुभएको छ। सन् २०२० मा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सातौँ तिब्बत कार्य सम्मेलनमा पार्टीका महासचिव सी चिनफिङले यसरी भन्नुभयो, ‘पठारभूमिका जीव, वनस्पति, पानी र पहाडको राम्रोसँग संरक्षण गर्नुपर्छ र छिङहाई–तिब्बत पठारभूमिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यावरणीय सभ्यताको उच्च स्थानका रुपमा निर्माण गर्नुपर्छ।’ सन् २०२१ मा आफ्नो तिब्बत भ्रमणका क्रममा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले धेरै पटक तिब्बतका स्थानीय पदाधिकारीहरूसँग यसरी आग्रह गर्नुभयोः "पृथ्वीको तेस्रो ध्रुवको पर्यावरणको संरक्षण राम्रो र व्यवहारिक रूपमा गर्नुपर्छ"। सोही वर्षको अक्टोबरमा, सीपीसीको केन्द्रीय समितिले छिङ्हाई-तिब्बत पठारभूमिको पर्यावरणीय तथा वातावरणीय संरक्षण र दिगो विकास सम्बन्धि योजना जारी गर्यो जसमा छिङ्हाई-तिब्बत पठारभूमिमा पर्यावरणीय संरक्षणको संस्थागत प्रणालीको स्थापना गर्ने प्रस्ताव प्रस्तुत गरियो।

 

चिनियाँ वैज्ञानिक प्रतिष्ठानअन्तर्गत छिङहाई-तिब्बत पठारभूमि अनुसन्धान संस्थानमा जलविज्ञान र जलवायुसम्बन्धी अध्ययन गरिरहेका नेपाली सहप्राध्यापक डम्बरु बल्लभ कट्टेलले चाइना मिडियासँग अन्तर्वार्ता दिँदै भन्नुभयो, तेस्रो ध्रुवीय क्षेत्र हामीले भनेको ‘एशियाली जल टावर’हो। एशियामा बस्ने अरबौं जनसंख्याका लागि यो मिठो पानीको महत्वपूर्ण उदगम स्थल हो। साथै तेस्रो ध्रुवीय क्षेत्रले एशियाको जलवायु प्रणालीमा गहिरो प्रभाव पार्नुका साथै उत्तरी गोलार्द्ध र विश्वको जलवायुका लागि महत्वपूर्ण भूमिका खेल्छ।

तेस्रो ध्रुवीय क्षेत्रको पर्यावरणीय वातावरणको संरक्षण गर्नका लागि चीनको छिमेकी नेपालले सधैं नै आफ्नो कदम चालिरहेको छ। हिमालय क्षेत्रमा हिउँको कमी भएको र क्रमशःगम्भीर भैरहेको जलवायु परिवर्तनको असरका कारण नेपाल सरकारले हिमालयको पर्यावरणीय संरक्षण गर्नका लागि धेरै जनशक्ति र भौतिक स्रोत खर्च गरेको छ। सन् २०१९, सन् २०२१ र सन् २०२२मा नेपालले “हिमालय सफा गर्ने आन्दोलन” सञ्चालन गरेको थियो। यस क्रममा नेपालले गरेको प्रयास सबैले देखे। 

सहप्राध्यापक कट्टेलले भन्नुभए झैं भारत, पाकिस्तान, नेपाललगायतका तेस्रो पोल क्षेत्र वरिपरिका मुलुकहरूले “हिमनदीको पानी पिउँछन्। 

त्यसैले जलवायु परिवर्तनको त्रास-धम्की केही मुलुकको मात्रै कठिनाइ होइन तर विभिन्न मुलुकको साझा चुनौती हो। विभिन्न मुलुकले सामना गर्न सहकार्य गर्नुपर्छ। विश्वको सबैभन्दा अग्लो चुचुरोको दक्षिण र उत्तरी भागमा परे तापनि चीन र नेपालको साझा इच्छा छ। दुई मुलुकले पवित्र पहाड र स्वच्छ जमीनको पर्यावरणीय वातावरणको संरक्षण गर्नका लागि सक्दो प्रयास गरिरहेका छन्। 

नीलो र उज्ज्वल आकाश, स्वच्छ हिउँद्वारा ढाकिएको हिमालय, स्वच्छ नदी ती मानवको साझा मूल्यवान् वस्तु हुन्, चीन र नेपालले संरक्षण गर्ने सुन्दर थातथलो हुन्। हामी मिलेर मानवको वातावरणीय सभ्यता समुदायको सिर्जना गरौं।