“बेल्ट एण्ड रोड” मा “इस्पात ऊँट मण्डल”
2023-04-29 20:02:30CRI
Share with:

सन् २०१३ मा चीनले अघिपछि गरी रेशमी मार्ग आर्थिक क्षेत्र र २१औँ शताब्दी समुद्री रेशमी मार्गको निर्माण गर्ने प्रस्ताव प्रस्तुत गरेको थियो। १० वर्षमा चीनले कम्तीमा १५० देश र ३० अन्तर्राष्ट्रिय संगठनसँग सहयोग दस्तावेज हस्ताक्षर गरेको छ। सन् २०१३ देखि २०२२ सम्म चीन र “बेल्ट एण्ड रोड” वरिपरिका देश बीचको व्यापार रकम १०.४ खर्ब डलरबाट २०.७ खर्ब डलरसम्म पुगेको छ। प्रत्येक वर्ष सरदर ८ प्रतिशतले वृद्धि भएको छ। “बेल्ट एण्ड रोड” को निर्माणको एक ऐतिहासिक उपलब्धिको रूपमा चीन-यूरोप रेललाई “बेल्ट एण्ड रोड” को प्रतीक “इस्पात ऊँट मण्डल” मानिएको छ।

पहिले विद्युतीय तथा प्रविधि उत्पादनबाट हाल लुगाकपडा, गाडी, खाद्यन्न, रक्सी-कफी आदि चीन-यूरोप रेलमा ढुवानी गर्ने सामानको प्रकार झन् झन् बढ्दैगएको छ।