१३३औं चिनियाँ आयात-निर्यात व्यापार मेलाको दोसो अवधिमा ४ अर्ब ५० करोड डलरको व्यापार पूरा
2023-04-29 08:20:00CRI
Share with:

१३३ औं चिनियाँ आयात-निर्यात व्यापार मेलाको दोसो अवधि अप्रिल १७ तारिख सम्पन्न भएको छ। व्यापार मेलाको दोस्रो अवधिमा दैनिक उपभोग्य वस्तु, उपहारलगायत हल्का औद्योगिक उत्पादनहरू प्रदर्शन गरिएका छन्। लगभग १२ हजार व्यवसायहरूले प्रदर्शनमा भाग लिएका छन्।

चिनियाँ वाणिज्य मन्त्रालयबाट २७ तारिख प्रकाशित तथ्याङ्क अनुसार, २६ तारिखसम्म पटक पटक गरी जम्मा ८ लाख १५ हजारजना अवलोकनकर्ताले भाग लिनुका साथै पूरा भएको व्यापार ४ अर्ब ५० करोड डलर पुगेको छ।

सोही आयात-निर्यात व्यापार मेलाको दोसो अवधिमा पहिलोपटक आयात प्रदर्शन गरेको छ।  “बेल्ट एण्ड रोड”वरिपरि कुल २२ देश तथा क्षेत्रका ३७० व्यवसायले प्रदर्शनमा भाग लिएका छन्। यो संख्या आयात प्रदर्शनीमा भाग लिने व्यवसायको भन्दा ७० प्रतिशतले बढी पुगेको छ।