बार्बिक्यूका कारण यो शहर ज्यादै लोकप्रिय
2023-04-29 10:00:05CRI
Share with:

चीनको मे १ विदा आउँदै गर्दा चिनियाँ शान तुङ प्रान्तीय च पो शहरीय सँस्कृति तथा पर्यटन व्यूरोले “पर्यटकका लागि चिट्ठी” प्रकाशित गरेको थियो। उक्त चिट्ठीका अनुसार, मे १ विदामा च पो शहरमा लगभग सबै होटेल बुकिङ भएर पर्यटकको संख्या स्थानीय पर्यटकीय क्षमताभन्दा बढेको छ। त्यसैले पर्यटकलाई त्यसपछि त्यहाँ घुम्ने सुझाव दिइएको छ। च पो शहरको पर्यटन ज्यादै लोकप्रिय भएको कारण बार्बिक्यू हो। हाल च पोको बार्बिक्यू सामाजिक सञ्जालबाट प्रचार गरेर तीव्र गतिले लोकप्रिय बनेको छ। बार्बिक्यू चाख्नका लागि विभिन्न क्षेत्रबाट पर्यटकहरू त्यहाँ पुगेका छन्।