एशियाली चलचित्रकर्मीः विश्वसमक्ष एशियाको सांस्कृतिक विश्वास देखाइने
2023-04-29 17:23:34CRI
Share with:

चालू वर्ष चीनले “बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत गरेको दशौँ वार्षिकोत्सव हो। हाल जारी तेह्रौँ पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले विशेष कार्यक्रमको स्थापना गरेर “बेल्ट एण्ड रोड” वरिपरिका एशियाली देशहरूको पछिल्ला चलचित्र प्रदर्शन गरेको छ। चलचित्रमार्फत् “बेल्ट एण्ड रोड” वरिपरिका देशहरूबीचको सांस्कृतिक आदानप्रदान तथा सिकाइलाई घच्घच्याएर विश्वसमक्ष एशियाको सांस्कृतिक विश्वास देखाउनु यो महोत्सवको एउटा आकर्षित विषय भएको महोत्सवमा सहभागी एशियाली चलचित्र व्यवसायीहरूले व्यक्त गरेका छन्।

यसै पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको मुख्य प्रतियोगिता “थ्यान थान पुरस्कार” का लागि ९३ देश तथा क्षेत्रबाट १,४८८ चलचित्र दर्ता भएका छन्। त्यसमध्ये विदेशी चलचित्रको संख्या ८० प्रतिशतभन्दा बढी छ।