परराष्ट्र मन्त्री छिन काङ र विश्व बौद्धिक सम्पत्ति अधिकार संघका महाप्रबन्धक डेरेन थाङबीच भेट
2023-04-29 16:27:01CRI
Share with:

चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री छिन काङले अप्रिल २८ तारिख पैचिङमा विश्व बौद्धिक सम्पत्ति अधिकार संघका महाप्रबन्धक डेरेन थाङसँग भेटवार्ता गर्नुभएको छ।

छिन काङले चीन बौद्धिक सम्पत्ति अधिकारको ठूलो मुलुकबाट बौद्धिक सम्पत्ति अधिकारको शक्तिशाली मुलुकतर्फ लम्किरहेको र चीनले विश्व बौद्धिक सम्पति अधिकार संघलाई विश्व बौद्धिक सम्पत्ति अधिकारको क्षेत्रमा नेतृत्व र समन्वय भूमिका निर्वाह गर्न समर्थन दिएको र दुई पक्षको उच्च स्तरीय व्यावहारिक सहयोगलाई निरन्तर रुपमा सबल पार्ने आशा लिएको बताउनुभएको छ। 

प्रत्युत्तरमा डेरेन थाङले चीनको बौद्धिक सम्पत्ति अधिकार कार्यले ऐतिहासिक उपलब्धि हासिल गरेको र विश्व बौद्धिक सम्पत्ति अधिकार संघले चीनसँग विश्व बौद्धिक सम्पत्ति अधिकारको निरन्तर र स्वस्थ विकासलाई सँयुक्त रुपमा अगाडि बढाउने आशा लिएको कुरामा जोड दिनुभएको छ।