विश्व शान्ति तथा विकासका लागि सहयोगी कार्य गर्ने चीनको आशा
2023-04-29 16:02:25CRI
Share with:

२८ तारिख आयोजित चिनियाँ परराष्ट्र मन्त्रालयो नियमित पत्रकार सम्मेलनमा एक सम्वाददाताले प्रवक्ता माउ नीङलाई अमेरिकी काँग्रेसमा दक्षिण कोरियाली राष्ट्रपति युन स्योक यौलको सम्बोधनबारे प्रश्न सोधेका थिए। प्रवक्ता माउ नीङले उक्त भाषणको विषयमा ध्यान दिएको कुरा व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, अमेरिकाविरूद्ध तथा उत्तर कोरियालाई सहयोग गर्ने युद्ध जितेको कुरा चीन र विश्वका लागि महत्वपूर्ण तथा गहिरो अर्थ रहेको छ। कुनै देश वा सेनाले ऐतिहासिक विकासको उल्टो पक्षमा उभिएर आफ्नो बल प्रयोग गरेर कमजोर पक्षलाई धम्काउने र विस्तार तथा आक्रमण गरेमा अवश्य नै विफल हुने तथ्य यसमार्फत पुष्टि भएको छ। चीनले केही देशहरूलाई विश्व शान्ति तथा विकासका लागि सहयोगी कार्य गर्ने तर फेरि पनि गलत नगर्ने आशा गरेको छ।

 छाङ चिन हु युद्धको तथ्याङ्कका अनुसार, चीनले ३६ हजार दुश्मन सेनालाई परास्त गरेको थियो। त्यसमध्ये २३ हजार अमेरिकी सेना थिए। तत्कालीन अमेरिकी विदेशमन्त्री एचेसोनले त्यस युद्धलाई “अमेरिकी इतिहासमा हारमा सबैभन्दा लामो फिर्ती” मानेको थियो।