सुन्दर समयलाई निराश नपारेर परिश्रम गर्नू - नयाँ युगका चिनियाँ युवालाई सी चिनफिङको सन्देश
2023-04-29 08:00:06CRI
Share with:

मे ४ तारिख चीनको युवा दिवस हो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले युवासम्बन्धी कार्यमाथि ज्यादै महत्व र ध्यान दिनुभएको छ। हरेक मे ४ तारिख युवा दिवसको उपलक्ष्यमा उहाँले सधैं युवाहरूसँग कुराकानी गर्दै उनीहरूलाई प्रेरित गर्ने गर्नुभएको छ। 

सन् २०१७ मे ३ तारिख सी चिनफिङले चिनियाँ राजनीतिक विज्ञान तथा कानून विश्वविद्यालयमा गएर यसरी प्रेरित गर्दै भन्नुभयो- “ठूलो काम गर्ने अभिलाषा गर्नुपर्छ। ठूलो अधिकारी बन्ने अभिलाषा राख्नुहुँदैन। तिमीहरूले वर्तमान समयको माया गरेर मेहनतका साथ अध्ययन गर्नुपर्छ। समाजमा प्रवेश गरेर उचित मार्ग छानेर तिम्रो जीवनको सामाजिक व्यावहारको पहिलो पाइला सुरू गर्नुपर्छ। म तिमीहरूको प्रतिक्षामा रहन्छु। ” 

सन् २०२२ युवा दिवसअघि चीनले “नयाँ युगमा चिनियाँ युवा श्वेतपत्र” प्रकाशित गरेको थियो। उक्त श्वेतपत्र अनुसार, चिनियाँ विशेषतायुक्त समाजवादको नयाँ युगमा युवाहरूले ठूलो कार्य गर्नसक्ने र अवश्य नै ठूलो उपलब्धि हासिल गर्ने महान काल हो।