“छ्यौ श” पत्रिकाद्वारा राष्ट्राध्यक्ष सी चिनफिङको महत्वपूर्ण लेख प्रकाशित
2023-04-30 16:57:34CRI
Share with:

मे १ तारिख छापिने नवौँ “छ्यौ श” पत्रिकाले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङको “नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारा सम्बन्धी मुख्य विषयक शैक्षिक कार्य सम्मेलनमा सी चिनफिङले दिनुभएको सम्बोधनको अध्ययन र व्यवहारिक प्रयोग” शीर्षकमा रहेको एउटा महत्वपूर्ण लेख प्रकाशित गर्नेछ। 

उक्त लेखले यस पटकको मुख्य विषयक शैक्षिक गतिबिधिको महत्वपूर्ण अर्थलाई गहन रूपमा मनन् गर्नुका साथै मुख्य विषयक शैक्षिक कार्यको निर्देशनलाई मजबुत पार्नुपर्ने र सम्पूर्ण रूपमा समाजवादी आधुनिक मुलुकको निर्माण गर्न तथा राष्ट्रको महान पुनरूत्थान कार्यलाई अघि बढाउनका लागि एकतावद्ध भएर प्रयास गर्नुपर्ने कुरामा जोड दिएको छ।