सुडानबाट पाकिस्तानीहरुलाई फिर्ता गर्न चीनको सहयोग, चीनस्थित पाकिस्तानी राजदूतको धन्यवाद
2023-04-30 19:42:47CRI
Share with:

चीनका लागि पाकिस्तानी राजदूत मोइन उल-हकले चिनियाँ परराष्ट्र मन्त्रालयको एशिया विभागका प्रमुख लिउ चिनसोङसँग वार्ता गर्दै सुडानबाट पाकिस्तानी नागरिक फिर्ता बोलाउन चीनले गरेको सहयोगप्रति धन्यवाद दिनुभएको छ। 

उहाँका अनुसार, चीनको सहयोगमा सुडानमा बसोबासरत २ सय भन्दा बढी पाकिस्तानीहरूलाई चिनियाँ गाडी तथा सैन्य जहाजद्वारा सुरक्षित रूपमा सुडानबाट निस्किएका हुन्। पाकिस्तान सरकार र विभिन्न पक्षले त्यसप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन्। चीनको उद्धार कार्यले फेरि एकपटक पाकिस्तान र चीनको मित्रता देखाएको छ।