चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा युवाहरूलाई लेखिएको चिट्ठी
2023-04-30 16:50:32CRI
Share with:

युवा राष्ट्रको भविष्य हुन्। चीनका सर्वोच्च नेता सी चिनफिङले सधैं युवाको विकासमाथि चासो दिनुका साथै चिठ्ठीमार्फत् युवासँग कुराकानी गर्नुभएको छ।

सन् १९८३ मा तत्कालीन ह पै प्रान्तीय चङ तिङ जिल्लाका प्रमुख सी चिनफिङले ह पै कृषि विश्वविद्यालयमा अध्ययनरत् चङ तिङ जिल्लामै जन्मेका विद्यार्थीहरूलाई चिट्ठी लेख्नुभयो। उहाँका अनुसार, ग्रामीण क्षेत्रले कृषि विद्यालयका विद्यार्थीहरू चाहन्छ, र कृषि विश्वविद्यालयका विद्यार्थीले ग्रामीण क्षेत्र छोड्नु हुँदैन। जन्मथलोका ४ लाख सर्वसाधारणले उनीहरूको राम्रो उपलब्धिबाट स्नातक भएर देशको निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने आशा गरेका छन्।

सी चिनफिङको आह्वानमा सन् १९८४ देखि १९८७ सम्म हपै कृषि विश्वविद्यालयबाट स्नातक चङ तिङमा जन्मेका ५१ जना विद्यार्थीहरूमध्ये आधाभन्दा बढी चङ तिङ फर्केका थिए। हाल उनीहरूमध्ये धेरैजना शहर, प्रान्त र राष्ट्र स्तरीय विशेषज्ञ बनेका छन्। 

सी चिनफिङले चिट्ठी पठाएका मान्छेहरूमध्ये केही विदेशी युवा पनि छन्।

सन् २०२० मा सी चिनफिङले पैचिङ विज्ञान तथा प्रविधि विश्वविद्यालयमा अध्ययनरत् सबै पाकिस्तानी विद्यार्थीहरूलाई चिट्ठी पठाएर उनीहरूलाई चिनियाँ युवासँग वैचारिक आदानप्रदान गर्दै विश्वका सबै युवासँग मानव भाग्य समुदायको निर्माणका लागि योगदान दिन प्रेरणा दिनुभयो।

 

तत्कालीन पाकिस्तानी विद्यार्थी अरिफ हाल पैचिङ विज्ञान तथा प्रविधि विश्वविद्यालयअन्तर्गत ए.आई. अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स् अनुसन्धान विभागको पोस्टडक्टर र शिक्षक बन्नुभएको छ। 

पैचिङ विज्ञान तथा प्रविधि विश्वविद्यालयले सन् १९७७देखि पाकिस्तानी विद्यार्थीलाई शिक्षा दिन थालेर हालसम्म पाकिस्तानी विद्यार्थीको संख्या २०० भन्दा बढी पुगेको छ। त्यसमध्ये अधिकांश विद्यार्थीहरू स्नातक भएपछि दुई देशबीच वैज्ञानिक तथा साँस्कृतिक आदानप्रदान क्षेत्रमा काम गरेर चीन र पाकिस्तानको मित्रता बढाउनका लागि योगदान दिइरहेका छन्।