आगामी ५ वर्षमा विश्वमा सम्भवत: १ करोड ४० लाख कार्य कटौती
2023-05-01 16:43:31cri
Share with:

विश्व आर्थिक मञ्चले अप्रिल ३० तारिख सार्वजनिक गरेको एक सर्वेक्षण प्रतिवेदनका अनुसार, नयाँ प्रविधि र आर्थिक वृद्धिको मन्द गतिको कारणले आगामी ५ वर्षमा विश्वको रोजगारी अवस्थालाई प्रभाव पार्नेछ। त्यसैगरी, विश्वमा १ करोड ४० लाख कार्यको कटौती हुने अनुमान छ।

 

अमेरिकी सीएनएनले जनाए अनुसार, उक्त सर्वेक्षण प्रतिवेदनको अनुमान बमोजिम सन् २०२७ सम्म विश्वमा ६ करोड ९० लाख नयाँ कार्य थपिने छ। तापनि ८ करोड ३० लाख कार्य एउटै समयमा हराउने छ। त्यसको अर्थ अहिलेको तुलनामा विश्वमा २ प्रतिशतको रोजगारी अवसर कटौती हुनेछ।