अमेरिकाद्वारा संयुक्त राष्ट्रसंघका महासचिवमाथि जासुसी
2023-05-01 19:00:48cri
Share with:

अमेरिकी मिडियाले भर्खरै सार्वजनिक गरेको सूचनाका अनुसार, अमेरिकी सरकारले संयुक्त राष्ट्रका महासचिव गुटेरेस र विश्वका नेताहरू साथै अरू संयुक्त राष्ट्रसंघका वरिष्ठ अधिकारीहरूबीचको टेलिफोन कलको अनुगमन गरेको छ। चाइना मिडिया ग्रुपसँगको अन्तर्वार्तामा जिम्बाब्वेको संसद सभाकम एक सांसदले अमेरिकाको सो गतिविधि अस्वीकार्य भएको र यसको निन्दा गर्नुपर्ने व्यक्त गर्नुभएको छ।

 

जिम्बाब्वेका सांसदले अमेरिकाद्वारा प्रायः आफ्नो प्रभाव कायम राख्नका लागि सधैँ नै अन्तर्राष्ट्रिय संगठनहरूको मामिलामा जासुसी गरिरहेको भन्नुभएको छ। विश्वका अरू मुलुकहरू अमेरिकाको उक्त गतिविधिबारेमा धेरै होसियार हुनुपर्छ भन्दै अमेरिकाको गतिविधिको विश्वव्यापी स्तरमा निन्दा गर्नुपर्ने पनि उहाँले व्यक्त गर्नुभयो।