चाइना आयात निर्यात मेलाको तेस्रो खण्ड मे १ तारिखबाट शुरू
2023-05-01 16:40:24cri
Share with:

१३३ औँ चाइना आयात निर्यात मेलाको तेस्रो खण्ड मे १ तारिखबाट चीनको क्वाङ तोङ प्रान्तको क्वाङ चौ शहरमा शुरू भएको छ। ५ दिनसम्म चल्ने सो मेलामा आयात प्रदर्शनीमा भाग लिने व्यवसायको संख्या २०२ पुगेको छ। जुन संख्या सो मेलाको पहिलो र दोस्रो खण्डभन्दा बढी हो।

 

तेस्रो भागको कुल प्रदर्शनी क्षेत्रफल ४ लाख ८० हजार वर्गमिटर रहेको छ भने जम्मा १० हजार ४ वटा व्यवसायको सहभागिता रहेको छ। प्रदर्शनीमा टेक्सटाइल, लुगाफाटा, अफिस मालसामान, सुत्केस, झोला, जुत्ता, खाद्य पदार्थ, औषधि र चिकित्सा सामग्री लगायतका वस्तुहरू समावेश छन्। यसबाहेक, नयाँ थपिएको ग्रामीण क्षेत्रको पुनरूत्थान सम्बन्धी विशेषतायुक्त उत्पादित वस्तु कक्षमा ग्रामिण क्षेत्रका १७१ वटा उदियमान व्यवसाय रहेका छन्।