नुवाकोटका सम्पदा पुनर्निर्माण छिट्टै गरिने
2023-05-02 16:22:06cri
Share with:

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले कोरोना महामारीका कारण सात वर्षदेखि पुनर्निर्माण हुन नसकेको विदुर नगरपालिका २ मा पर्ने ऐतिहासिक तथा पुरातात्त्विक साततल्ले दरबार र यस वरपरि रहेका सम्पदाहरूको छिट्टै पुनर्निर्माण गर्ने आश्वासन दिनुभएको छ।

सोमबार राजदूत छन्ले पुरातात्त्विक सम्पदाहरूको अवलोकन गरेपछि छिट्टै पुनर्निर्माण थालिने बताउनुभएको कान्तिपुर अनलाइनले लेखेको छ।

यसका साथै चीनले तीन वर्षमा नुवाकोटका सबै पुरातात्त्विक सम्पदा पुनर्निर्माण गर्ने भएको छ। साततल्ले दरबार र वरपर पुनर्निर्माणका लागि आवश्यक पर्ने इँटा, सुर्की र काठहरू लैजाने बाटो साँघुरो भएकाले सडकको समेत स्तरोन्नति गर्नुपर्ने भएको छ।

‘चाँडै काम सुरु गर्छौं। काम सुरु गरेको ३ वर्षमा काम सम्पन्न गर्नेछौँ। ईन्द्रचोकदेखि दरबारसम्मको बाटो व्यवस्थापन गर्नुपर्छ,’ राजदूतको भनाइ उद्धृत गर्दै स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुयाँलले भन्नुभयो, ‘बाटोको समस्या र समान स्टोर गर्ने ठाउँ अभाव छ। तपाईँहरूले सहयोग गर्नुस्। हामी सुरुमा साततल्ले दरबार सुरु गर्छौँ र बिस्तारै सबै गर्छौँ।’