चीनका परराष्ट्र मन्त्री तथा संयुक्त राष्ट्र संघका महासचिवको म्यान्मार समस्याका विशेषदूत बीच भेटवार्ता
2023-05-02 17:20:28cri
Share with:

चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री छिन काङले मे १ तारिख पैचिङमा संयुक्त राष्ट्र संघका महासचिवको म्यान्मार समस्याका विशेषदूत नोएलिन हाइजरसँग भेटवार्ता गर्नुभएको छ।

 

भेटका अवसरमा परराष्ट्र मन्त्री छिन काङले विशेषदूत हाइजरले निष्पक्ष भूमिका निर्वाह गर्नसक्नुहुने आशा व्यक्त गर्दै निरन्तर रूपमा विशेषदूतलाई समर्थन र सहयोग गर्दै जान चीन इच्छुक रहेको पनि औँल्याउनुभएको छ।

 

प्रत्युत्तरमा विशेषदूत हाइजरले विगतमा झैँ चीनले निरन्तर रूपमा म्यान्मारको शान्ति, स्थिरता र विकासका लागि सकारात्मक योगदान गर्दै जाने आशा व्यक्त गर्नुभएको छ।