चीनका परराष्ट्र मन्त्री तथा मङगोलियाका विदेश मन्त्री बीच भेट-वार्ता
2023-05-02 17:22:13cri
Share with:

चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री छिन काङले मे १ तारिख पैचिङमा मङगोलियाली विदेशमन्त्री बाट सेट्सेट्गसँग भेट-वार्ता गर्नुभएको छ।

 

त्यस अवसरमा परराष्ट्र मन्त्री छिन काङले मङगोलियासँगै मिलेर दुई देशका राष्ट्रनायक बीचका महत्वपूर्ण मतैक्यलाई राम्रोसँग व्यवहारमा उतार्नुका साथै निरन्तर रूपमा राजनीतिक पारस्परिक विश्वास र आपसी मित्रतालाई सबल पारी बेल्ट एण्ड रोडको निर्माणलाई गहन पारेर शान्तिपूर्ण सहअस्तित्व र साझा जीत हुने भाग्य एकरूपताको स्थापना गर्दै जान चीन इच्छुक रहेको बताउनुभएको छ।

 

प्रत्युत्तरमा विदेश मन्त्री बाट सेट्सेट्गले एक चीन सिद्धान्तलाई कायम राख्नुका साथै चीनसँगै मिलेर दुई देश सम्बन्धलाई क्षेत्रीय उदाहरणको रूपमा निर्माण गर्ने इच्छा मङगोलियाले लिएको व्यक्त गर्नुभएको छ।