चाइना मिडिया ग्रुपद्वारा अफगानिस्तानमा पुस्तक प्रकाशन संगोष्ठीको आयोजना
2023-05-02 18:34:33cri
Share with:

चाइना मिडिया ग्रुप र अफगानिस्तान एक्सोस मिडिया ग्रुपले संयुक्त रूपमा आयोजना गरेको “चीन चिनाउने—गुथीसँग चीन हेर्ने” शीर्षक किताब अप्रिल ३० तारिख अफगानिस्तानको राजधानी शहर काबुलको एक्सोस पुस्तक पसलमा आयोजना गरिएको छ। कार्यक्रममा अफगानिस्तानको परराष्ट्र तथा शिक्षा मन्त्रालयका अधिकारीहरुको सहभागिता थियो। बैठकमा उपस्थित अतिथिहरूले चीन र अफगानिस्तानबीचको मैत्रीपूर्ण आदान-प्रदान, चिनियाँ शैलीको आधुनिकीकरणको खोज र अफगानिस्तानको विकास लगायतका अरू विषयहरूमा पनि वैचारिक आदान-प्रदान गरेका थिए।

 

यो पुस्तकले "बेल्ट एण्ड रोड"को संयुक्त निर्माण र नयाँ युगमा चीन-अरब आदान-प्रदानको अवस्था तथा चीनको अर्थतन्त्र, संस्कृति, ग्रामीण पुनरुत्थान साथै वातावरणीय संरक्षणमा चीनको विकास र उपलब्धिहरूको उल्लेख गरेको छ।