परराष्ट्र मन्त्रालयका प्रवक्ताद्वारा उज्वेकिस्तानको नयाँ संविधान सम्बन्धी आम मतदानबारे प्रश्नको जवाफ
2023-05-02 20:03:41cri
Share with:

हालै उज्वेकिस्तानमा नयाँ संविधान सम्बन्धी आम मतदान सुचारू रूपमा आयोजना गरिएको छ। प्रारम्भिक नतिजा अनुसार, उज्वेकिस्तानी संविघानको संशोधित मुद्दा सुचारू रूपमा पारित गरिएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले यस विषयबारे पत्रकारका सम्बद्ध प्रश्नको जवाफ दिनुभएको छ।

 

प्रवक्ताका अनुसार, उज्वेकिस्तानमा नयाँ संविधान सम्बन्धी आम मतदान सुचारू रूपमा आयोजना गरिएकोमा चीनले बधाई व्यक्त गरेको छ। मैत्रीपूर्ण छिमेकी र सम्पूर्ण रणनीतिक साझेदारको हैसियतले चीनले उज्वेकिस्तानसँगको सम्बन्धमा उच्च महत्व दिँदै आएको छ। आगामी दिनहरूमा उज्वेकिस्तानसँगै प्रयास गरेर विभिन्न क्षेत्रमा रहेका पारस्परिक हितयुक्त सहकार्यलाई गहन पारी चीन-उज्वेकिस्तान भाग्य एकरूपताको निर्माणलाई अघि बढाउँदै जान चीन इच्छुक रहेको पनि प्रवक्ताले बताउनुभएको छ।