दोस्रो अस्थायी उडानमार्फत् सुडानमा रहेका चिनियाँहरूलाई लिएर साउदी अरबबाट प्रस्थान
2023-05-02 18:33:20cri
Share with:

 

मे २ तारिख साउदी अरेबियाको जेद्दास्थित किंग अब्दुलअजिज अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर चाइनाको अस्थायी उडान सीए-०९० मार्फत् सुडानबाट उद्धार गरेका केही चिनियाँहरू घरकालागि प्रस्थान गरेका छन्। सुडानको परिस्थितिमा अचानक परिवर्तन आएपछि सुडानबाट चिनियाँहरूलाई उद्धार गरी साउदी अरेबिया पुर्याइएको थियो र त्यहाँबाट यो दोस्रो अस्थायी उडान गरिएको हो।

 

उक्त उडानमा १४० भन्दा बढी यात्रु सबै चिनियाँ नागरिक रहेको र करिब दश घण्टाको उडानपछि पैचिङ राजधानी अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने अपेक्षा गरिएको छ। यसअघि साउदी अरेबियाबाट अस्थायी उडानमा फर्किएका चिनियाँहरूको पहिलो समूह अप्रिल २९ तारिख बिहान पैचिङ आइपुगेको थियो।