परराष्ट्र मन्त्री छिन काङद्वारा भारतमा शाङहाई सहयोग संगठनका विदेश मन्त्री सम्मेलनमा सहभागी विषयमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताको जवाफ
2023-05-02 17:23:23cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले मे २ तारिख परराष्ट्र मन्त्री छिन काङले भारतमा शाङहाई सहयोग संगठनका विदेश मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुनुहुने विषयबारे पत्रकारद्वारा सोधिएका सम्बद्ध प्रश्नको जवाफ दिनुभएको छ।

 

प्रवक्ताका अनुसार, शाङहाई सहयोग संगठनका विदेश मन्त्रीस्तरीय सम्मेलन मे ४ देखि ५ तारिखसम्म भारतको गोवा प्रदेशको सदरमुकाम पानाजीमा आयोजना गरिने छ। त्यस अवधिमा परराष्ट्र मन्त्री छिन काङले अन्य सदस्य मुलुकका विदेश मन्त्रीसँग अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थिति, शाङहाई सहयोग संगठनका विभिन्न क्षेत्रीय सहकार्य लगायतका विषयहरूबारे विचार विमर्श गर्नुहुने कार्यक्रम रहेको छ।