इरानी राष्ट्रपतिद्वारा अमेरिकी एकपक्षीयता नीतिको निन्दा
2023-05-03 16:54:14cri
Share with:

इरानी राष्ट्रपति सइद इब्राहिम राइसीले मे २ तारिख क्षेत्रीय परिस्थितिबारे लेबनानको एउटा टेलिभिजन स्टेशनलाई अन्तर्वार्ता दिनुभएको छ। त्यस क्रममा उहाँले अमेरिकाको एकपक्षीयतावादको निन्दा गर्नुभएको छ।

 

इरान तथा साउदी अरेबिया बीचको सम्बन्धबारे चर्चा गर्दै राष्ट्रपति राइसीले इरान तथा साउदी अरेबिया बीच कूटनीतिक र राजनीतिक सम्बन्धको पुन:स्थापना गरिने प्रक्रिया जारी रहने बताउनुभएको छ।

 

इरान शाङहाई सहयोग संगठनमा संलग्न भएको विषयबारे चर्चा गर्दै राष्ट्रपति राइसीले त्यस कारवाईले इरान तथा एशियाली मुलुक बीच सहकार्य हुने अवसरको सिर्जना गरेको तथा इरानकालागि ब्रिक्स मुलुक समूहमा संलग्न हुन तयार पारेको पनि बताउनुभएको छ।