राष्ट्राध्यक्ष सी चिन फिङद्वारा विद्यार्थीलाई जवाफी चिठी
2023-05-03 17:10:23cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष र चिनियाँ केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हालै चिनियाँ कृषि विश्वविद्यालयको विज्ञान तथा प्रविधि संस्थाका विद्यार्थीहरूलाई चिठी लेखेर आशा तथा आड भरोसा व्यक्त गर्नुभएको छ। चिठीमा उहाँले मे ४ तारिख मनाइने युवा दिवसको उपलक्ष्यमा सबै युवाहरुलाई दिवसको शुभकामना पनि दिनुभएको छ।

 

आफ्नो जवाफमा सी चिनफिङले लेख्नुभएको छ, ‘तपाईँहरूले विद्यालयमार्फत सानो विज्ञान तथा प्रविधि संस्थाको स्थापना गर्नुभएको छ र खेतबारी तथा किसानको घरमा बसेर ग्रामीण विकासलाई सहयोग गर्नुभएको कुरा सुनेर मैले राहत पाएको महसूस गरेको छु।’

 

यसअघि चिनियाँ कृषि विश्वविद्यालयको विज्ञान तथा प्रविधि संस्थाका विद्यार्थी प्रतिनिधिले महासचिव सी चिन फिङलाई चिठी लेखेर आफ्नो उपलब्धि र अनुभवहरू साथै बलियो कृषि राष्ट्रको निर्माणमा योगदान गर्ने दृढ संकल्प व्यक्त गरेका थिए।