अमेरिका केन्द्रिय गुप्तचर विभागद्वारा अरू मुलुकमा गरिएको साइबर आक्रमण सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक
2023-05-04 14:42:22cri
Share with:

चीनको राष्ट्रिय कम्प्युटर भाइरसको सामना केन्द्र र चीनको ३६० कम्प्युटर कम्पनीले मे ४ तारिख संयुक्त रूपमा एउटा छानबिन प्रतिवेदन सार्वजनिक गरेर अमेरिकी केन्द्रिय गुप्तचर विभागले इन्टरनेटमार्फत अरू मुलुकमाथि आक्रमण गरेको अवस्थाबारे जानकारी दिएको छ।

छानबिन प्रतिवेदनमा चीन र अरू मुलुकमा भएका साइबर सुरक्षासम्बन्धी मुद्दाको ठोस क्रमलाई जानकारी उल्लेख हुनुका साथै पूर्ण तथा गहन रूपमा अमेरिकी केन्द्रिय गुप्तचर निकायले इन्टरनेटमार्फत अरू मुलुकको सूचना चोर्ने गतिविधिको खुलासा गरिएको छ।

अमेरिकाको कन्द्रिय गुप्तचर विभाग अर्थात् सीआईए अमेरिकी संघीय सरकारको मुख्य जासुसी एजेन्सी मध्येको एक हो। लामो समययता, सीआईएका मुख्य लक्ष्यमा विश्वका विभिन्न ठाउँमा जासुसी र अरू मुलुकको सूचना चोर्ने काम गरिरहेको तथा विभिन्न मुलुकका सूचना पूर्वाधार प्रबन्ध, अन्तरिक्ष निकाय, अध्ययन संस्था, विशाल इन्टरनेट कम्पनी र सरकारी संस्था लगायत रहेका छन्।