नेपाल–चीन सम्बन्ध प्रगाढ: उपराष्ट्रपति यादव
2023-05-04 16:12:19cri
Share with:

नेपालका उपराष्ट्रपति राम सहाय यादवले नेपाल र चीन बीचको सम्बन्ध जनस्तरसम्मै रहेको बताउनुभएको छ। भक्तपुरको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालले सञ्चालन गर्न लागेको निःशुल्क शल्यक्रियाको बुधबार भक्तपुरमा उद्घाटन गर्दै उहाँले नेपाल र चीन बीचको सम्बन्ध प्रगाढ रहँदै आएको बताउनुभएको हो।

त्यस अवसरमा उपराष्ट्रपति यादवले चीनले नेपाललाई गर्दै आएको सहयोग अतुलनीय रहेको पनि बताउनुभयो।

अस्पतालले वैशाख २० र २१ गते निःशुल्क शल्यक्रिया शिविर गर्न लागेको छ। त्यसैको बुधबार उद्घाटन गरिएको नागरिक न्यूज अनलाइनले लेखेको छ। यसअघि वैशाख ९ गते मोती विन्दुका बिरामीहरूका लागि निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको थियो।

उक्त शिविरबाट लाभ लिएका बिरामीहरूका लागि निःशुल्क शल्यक्रिया शिविर गर्न लागेको हो। कार्यक्रममा अस्पतालका मेडिकल कोअर्डिनेटर डाक्टर जितेन्द्रप्रसाद सिंहले चीनको सन्चन् छाओछिङ होइसँग सहकार्य गरी अरनिको समाजले अस्पतालमा मोतिविन्दुका बिरामीहरूको निःशुल्क आँखा शिविर गरेको जानकारी गराउनुभयो।