लगानी संस्थाहरूद्वारा चीनको आर्थिक विकासप्रति सक्रीय मुल्याङ्कन
2023-05-04 18:59:37cri
Share with:

चिनियाँ जन राष्ट्रिय बैंकले बनाएको मौद्रिक नीति स्थिर, व्यावहारिक र प्रभावकारी मानिन्छ। चीनको आर्थिक विकासको पुनरूत्थान र विभिन्न उद्योग व्यवसायहरूमा समर्थन दिने नीतिहरूको निरन्तररूपमा कार्यान्वयन गरेका कारण विश्वका लगानी संस्थाहरूले चीनको विकासप्रति सक्रीय मुल्याङ्कन गरेका छन्।

 

गएको केही दिन अघि सीआइसीसी अर्थात् चिनियाँ अन्तर्राष्ट्रिय पूँजी कम्पनीले यस वर्ष चीनको आर्थिक वृद्धि दर ६% पुग्ने सार्वजनिक गरेको छ। सीआइसीसीले यस वर्षको पहिलो त्रैमासिकमा आर्थिक विकास स्पष्टरूपमा पुनरूत्थान भएको र भविष्यमा आर्थिक रणनीति प्रभावकारी हुँदैजाने र चीनको अर्थतन्त्र सुधार हुने अनुमानसहितको बिषय सार्वजनिक गरेको छ।