“मे-१” श्रमिक दिवसमा हरेक पाँचमध्ये एक चिनियाँको बाह्य पर्यटन
2023-05-04 09:41:31cri
Share with:

चिनियाँ सँस्कृति तथा पर्यटन मन्त्रालयको सम्बन्धित तथ्याङ्कअनुसार पाँच दिने श्रमिक दिवसमा पूरै चीनमा पर्यटन गर्नेहरुको संख्या २७ करोड ४०लाख पुगेको छ भने गत वर्षको तुलनामा ७०.८३ प्रतिशतले वृद्धि भएको छ। स्वदेशी पर्यटन सम्बन्धी आय १ खर्ब ४८ अर्ब ५ करोड ६० लाख चिनियाँ युआन रहेको छ भने गत वर्षको सोही अवधिको तुलनामा १२८.९ प्रतिशतले बढेको छ। उपभोग्य सक्रियता र यात्रा दूरी सबै ऐतिहासिक नयाँ उच्च रेकर्ड सिर्जना गरिएको देखिन्छ।

पाँच दिने बिदामा चीनका विभिन्न स्थलले धेरै रमाइलो कार्यक्रमको आयोजना गरेका छन्। चर्चित पर्यटकीय क्षेत्रबाहेक प्राचीन शहर पर्यटन, साँस्कृतिक पर्यटन, खेलकूद पर्यटन आदि विशेष कार्यक्रमहरु रहेका छन् जसबाट पर्यटकहरुका लागि रमणीय द्दश्य र मिठो खानेकुरा बाहेक धेरै नयाँ अनुभव प्रदान गरिएको छ। उपभोग्यलाई प्रवर्द्धन गर्ने श्रृंखलावद्ध कदमहरुका साथमा दिवस अर्थतन्त्रको शक्ति लगातार बढ्दै आएको देखिन्छ। भोजन, फुर्सत लगायत विविध उपभोग्य व्यापारमा देखिएका नयाँ उपभोग्य शैलीले बजारलाई नयाँ प्रवर्द्धन शक्ति सिर्जना गर्दै छ।