यथाशिघ्र युद्ध विराम गर्न संयुक्त राष्ट्र संघका महासचिवद्वारा सुडानका विभिन्न पक्षलाई आह्वान
2023-05-04 16:33:28cri
Share with:

मे ३ तारिख संयुक्त राष्ट्र संघका महासचिव आन्तोनिओ गुटेरेस केन्याको राजधानी नाइरोबीमा संयुक्त राष्ट्र संघको उच्चस्तरीय पदाधिकारी सम्मेलनमा सहभागी हुनुभएको छ। सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा महासचिव गुटेरेसले सम्झौता वार्ता गरी छिटोभन्दा छिटो युद्ध विराम गर्न सुडानका विभिन्न पक्षहरूलाई आह्वान गर्नुभएको छ।

 

उक्त सम्मेलनमा महासचिव गुटेरेसले अफ्रिकी महाद्वीपको शान्तिका लागि धेरै प्रयास गरेकोमा अफ्रिकी मुलुकका नेताहरूको प्रशंसा गर्नुका साथै आगामी दिनहरूमा संयुक्त राष्ट्र संघले निरन्तर रूपमा अफ्रिकी संघ र अफ्रिकी मुलुकहरूसित सहकार्य गर्दै अफ्रिकाको विकासलाई अघि बढाउँदै जाने पनि बताउनुभएको छ।