अमेरिकाले साइबर हतियारमार्फत अरू मुलुकमाथि आक्रमण बन्द गर्नुपर्छ
2023-05-04 19:05:05cri
Share with:

मे ४ तारिख चीनको राष्ट्रिय कम्प्युटर भाइरस आपतकालीन प्रतिक्रिया केन्द्र र ३६० नामक कम्पनीले संयुक्त रूपमा "म्याट्रिक्स" अनुसन्धान रिपोर्ट अर्थात् अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) शीर्षक रिपोर्ट सार्वजनिक गरेको छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सी सीआईएले लामो समयदेखि विदेशी सरकार, कम्पनी र नागरिकको गुप्त सूचना सङ्कलन गर्नुकासाथै जासुसी तथा चोरी गतिविधि निरन्तररूपमा गरेको बताउनुभएको छ। अन्तर्राष्ट्रिय समाजले सो गतिविधि र प्रवृत्तिमा उच्च ध्यान दिनुपर्ने पनि प्रवक्ता निङले औँल्याउनुभयो।

प्रवक्ता माउ निङले उक्त प्रतिवेदनबाट खुलासा गरिएका चीन र अन्य देशहरूमा भएको वास्तविक ठूलो संख्याका घटनाहरूले सीआईएको दीर्घकालीन विश्वव्यापी साइबर आक्रमणको उदाहरण देखाएको औँल्याउनुभयो।

उहाँले भन्नुभयो, अमेरिकाले गम्भीररूपमा अन्तर्राष्ट्रिय समाजको चिन्ताको जवाफ दिनुपर्छ र विश्वभर गोप्य चोरी र साइबर हतियारमार्फत गरिने आक्रमण बन्द गर्नुपर्छ।