२५६७ औँ बुद्ध जयन्तीको सुअवसरमा चीनका लागि नेपाली राजदूतावासमा कार्यक्रम आयोजित
2023-05-05 15:15:25CRI
Share with:

२५६७औँ बुद्ध जयन्तीको सुअवसरमा मे ५ तारिख चीनका लागि नेपाली राजदूतावासमा एक कार्यक्रमको आयोजना गरिएको छ।

 

सो अवसरमा चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठले सम्बोधन गर्दै इतिहासदेखि नै बौद्ध धर्म नेपाल र चीनलाई मिलाउने महत्वपूर्ण पुल बनिरहेको व्यक्त गर्नुभएको छ। उहाँले आजैको दिन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बौद्ध धर्म समितिका प्रमुख मठाधीश यिनशोनले नेपालको लुम्बिनीमा बुद्ध जयन्ती मनाउँदै गर्दा दुईवटा फरक मुलुकबीचको मेलमिलापयुक्त, एकताबद्ध र सहअस्तित्वमा रहेको प्रतिबिम्बित भएको उल्लेख गर्नुभयो।

 

दूतावासमा आयोजित कार्य्रकममा चीनको बौद्ध धर्म समितिका अध्यक्ष येनचुएले चीन र नेपाल असल छिमेकी मुलुक भएको बताउँदै दुई देशका जनताबीच निकै घनिष्ठ सम्बन्ध रहेको र दुई देशको बौद्ध धर्म वर्गबीच पनि निकै गहिरो मित्रता रहेको बताउनुभयो। चीन र नेपालका बौद्ध धर्म क्षेत्रबीच अरू धेरै आदान-प्रदान र सहयोगलाई बढाएर दुई देशका जनता र समस्त मानवजातिको शान्ति र हितकालागि सक्रिय योगदान गरिने अपेक्षा रहेको पनि उहाँले व्यक्त गर्नुभयो।

 

दूतावासमा प्रार्थना कार्यक्रम, ध्यान कार्यक्रमको आयोजना गरिएको थियो। साथै नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले अध्यक्ष येनचुएलाई नेपाली हस्तकला आँखीझ्याल उपहारस्वरूप हस्तान्तरण गर्नुभएको थियो।