१३३औँ चिनियाँ आयात तथा निर्यात मेला सम्पन्न
2023-05-05 19:00:21cri
Share with:

१३३औँ चिनियाँ आयात तथा निर्यात मेला मे ५ तारिख सम्पन्न भएको छ। मे ४ तारिखसम्म प्रदर्शनी हलमा प्रवेश गरेका कुल ग्राहकको संख्या २८ लाख ३७ हजार पुगेको छ। यस वर्षको चिनियाँ आयात तथा निर्यात मेलाको प्रदर्शनी क्षेत्र र प्रदर्शकहरूको संख्याले पनि ऐतिहासिक रेकर्ड सिर्जना गरेको छ। दशौँ हजार व्यापारीहरू सहभागी भएको भव्य दृश्यले विश्वलाई मेलाको आकर्षण देखाएको छ।

 

यस वर्षको चिनियाँ आयात तथा निर्यात मेलाले औद्योगिक स्वचालन, बौद्धिक उत्पादन, नयाँ ऊर्जा, बौद्धिक इन्टरनेट साधनहरू र बालबच्चा सम्बन्धित् उत्पादनहरूका लागि तीनवटा प्रदर्शनी क्षेत्रहरूसहित नयाँ क्षेत्र स्थापना गरिएको थियो। यसले धेरैभन्दा धेरै कम्पनीहरूलाई विश्वव्यापी बजार विस्तार गर्न फराकिलो मञ्च तथा विकासका अवसरहरू उपलब्ध गराएको देखिन्छ।