चीनको हट दिवस अर्थतन्त्रबाट सकारात्मक सङ्केत देखाइएको
2023-05-05 15:16:56cri
Share with:

“मे १” दिवसको बिदामा उपभोक्ताले चीनको अर्थतन्त्रको बलियो प्रवर्द्धन शक्ति देखाएको छ। साथै विश्वसमक्ष सकारात्मक सङ्केत प्रसार गरेको धेरै विदेशी मिडिया र विज्ञहरूले ठहर गरेका छन्। अमेरिकाको《वाल स्ट्रीट जर्नल》ले ३ तारिख जनाएअनुसार यस वर्ष चीनको “मे १” दिवसमा स्वदेशी पर्यटन गर्नेहरुको सँख्या २७ करोड ४० लाख पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ७१ प्रतिशतले बढेको छ जसबाट चीनको आर्थिक विकासको सक्रिया सङ्केत देखाइएको छ। उपभोक्ताले निरन्तर रुपमा चीनको अर्थतन्त्रलाई प्रवर्द्धन गरिरहेको देखिन्छ।

संयुक्त अरब इमिरेट्सको दुबई पर्यटन व्यवसायका प्रतिनिधि हिजाज खान यसरी भन्छन्: हाल केही दिनहरु हामी चिनियाँ पर्यटक टोलीको स्वागत गर्न व्यस्त छौँ। हट पर्यटन बजारबाट चीनको अर्थतन्त्त्रको बलियो शक्ति र उपभोक्ताको बढ्दो माग प्रतिबिम्बित भएको छ। चिनियाँ पर्यटकहरु फर्किनुले अरब लगायत चर्चित पर्यटन मुलुकको अर्थतन्त्रको पुनःउत्थानलाई प्रवर्द्धन गर्दैजाने छ।

ब्राजिली अर्थशास्त्री प्राध्यापक म्यानफ्रेड डे बेकरका अनुसार चीन नै विश्वको महत्वपूर्ण बाहिरी यात्रा बजार हो। विश्व पर्यटनमा फर्किएका चिनियाँ पयर्टकहरुले विभिन्न मुलुकहरुको पर्यटन व्यवसायमा आशा जगाएका छन्।