मे १ बिदाको रमाइलो वातावरणबाट चीनको अर्थतन्त्रको जीवन्त शक्ति प्रतिबिम्बित
2023-05-05 16:45:50cri
Share with:

 

भर्खरै सम्पन्न मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसको लामो बिदामा विविध विदेशी सञ्चार माध्यमहरूले चीनको अर्थतन्त्रमा ध्यान दिएर “त्यो एक प्रेरणात्मक संकेत रहेको” जनाउँदै विभिन्न लेख प्रकाशित गरेका छन्।  

 

चीन सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, यस मे १ बिदामा चीनभित्र यात्रा गरेका पर्यटकको कुल संख्या २७ करोड ४० लाख पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा ७०.८३ प्रतिशतले वृद्धि भएको छ। त्यसबाट देशभित्र यात्राको कुल आय १ खर्ब ४८ अर्ब ५ करोड ६० लाख चिनियाँ युआन पुगेको छ र गत वर्षको सोही अवधिको तुलनामा १२८.९० प्रतिशतले वृद्धि भएको छ। यसबाहेक, सम्बद्ध पर्यटन चौतारोमा होटेलको बुकिङ मात्रा सन् २०१९ को सोही अवधिको दाँजोमा १० गुणाले वृद्धि भएको देखिन्छ।

 

चालु वर्ष चीनले उपभोग्यको पुन:स्थापना र विस्तार गर्ने कुरालाई प्राथमिकतामा राख्दै भित्री चाहनालाई बढाएर उभोग्यलाई प्रबर्द्धन गर्ने, बासिन्दाको आम्दानीलाई उकास्ने र उपभोग्य वातावरणको सुधार गर्ने श्रृंखलाबद्ध नीति अपनाउँदै आएको छ। बिदाको अर्थतन्त्र नै चीनको अर्थतन्त्रको सर्वेक्षण गर्ने एक महत्वपूर्ण झ्याल बनेको छ। त्यसैगरी मे १ बिदाको रमाइलो वातावरणबाट चीनको अर्थतन्त्रको जीवन्त शक्ति पनि स्पष्ट रूपमा प्रतिबिम्बित भएको छ।