कर्णालीमा 'पैसा महोत्सव' हुँदै
2023-05-06 16:20:40cri
Share with:

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ‘कर्णाली पैसा’ महोत्सव हुँदै छ । यही वैशाख २६ गते वीरेन्द्रनगरस्थित सुर्खेत मोडेल कलेजमा हुन लागेको महोत्सव कर्णाली बेसिन कन्जर्भेसन फाउन्डेसनले आयोजना गरेको हो।

 

उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश र सुर्खेत मोडल कलेजको सहकार्यमा महोत्सव सञ्चालन हुने कर्णाली बेसिन कन्जर्भेसन फाउन्डेसनका निर्देशक आशुतोष तिवारीले बताउनुभयो।

 

उहाँका अनुसार कर्णालीमा लगानी भित्र्याउने वातावरणको खोजी गर्ने उद्देश्यले एक दिवसीय महोत्सव हुने लागेको हो। महोत्सवमा कर्णालीको आर्थिक र मानवीय पुँजी विकासमा पैसा, वित्त, बैंकिङ, लगानी र बीमाको सकारात्मक भूमिकाका विषयमा विभिन्न क्षेत्रका विज्ञहरुसँग अन्तर्क्रिया गरिने भएको कान्तिपुर अनलाइनले खबर लेखेको छ।