थाइवान जलडमरूको परिस्थितिलाई चर्काउन नदिनका लागि चीनको परराष्ट्र मन्त्रालयद्वारा अमेरिकालाई ताकिता
2023-05-06 16:58:23cri
Share with:

हाल अमेरिका र थाइवानबीच सैन्य सम्पर्क कारवाई बढ्दै आएको देखिन्छ। यस विषयबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले ५ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा एक मात्र चीन भन्ने सिद्धान्त र चीन-अमेरिका ३ वटा संयुक्त विज्ञप्तिको नियमलाई अक्षरश: पालना गर्दै थाइवानतर्फ हात हतियार बिक्री गर्ने कारवाई र अमेरिका तथा थाइवान बीचको सैन्य सम्पर्क बन्द गरी थाइवान जलडमरूको परिस्थितिलाई चर्काउन नदिनका लागि अमेरिकालाई पुनः एकपल्ट ताकिता गर्नुभएको छ।

 

चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरिने र थाइवान जलडमरूको शान्ति र स्थिरतालाई ध्वस्त पारिने खालका सबै गलत कारवाईप्रति सम्बद्ध पक्षले नै जिम्मेवारी लिनुपर्ने कुरामा पनि प्रवक्ता माउ निङले जोड दिनुभएको छ।