राष्ट्राध्यक्ष सी चिनफिङ तथा श्रीमती फङ ली युआनद्वारा बेलायती राजा र रानीको राज्याभिषेकप्रति बधाई सन्देश
2023-05-06 19:07:08cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा श्रीमती फङ ली युआनले ६ तारिख बेलायती राजा चार्ल्स तृतीय तथा रानी कामिला तृतीयाको राज्याभिषेकका लागि बधाई सन्देश पठाउनुभएको छ।

 

सन्देशमा राष्ट्राध्यक्ष सी र श्रीमती फङले वर्तमान विश्व निकै जटिल परिवर्तन भइरहेकाले अन्तर्राष्ट्रिय समाज सामु अभुतपूर्व चुनौतीहरू देखा परेको कुरा बताउनुभएको छ।

 

बेलायतसँगै मिलेर जनता बीचको मित्रतालाई प्रवर्द्धन गर्दै जान, आपसी हितयुक्त सहकार्यको विस्तार गर्दै जान सांस्कृतिक आदानप्रदानलाई गहन पार्दै जान र स्थिर तथा पारस्परिक फाइदाजनक सम्बन्धमार्फत् दुवै देश र विश्वका लागि अझ बढी हित कल्याणको सिर्जना गर्दै जान चीन इच्छुक रहेको कुरा पनि बधाई सन्देशमा उल्लेख गरिएको छ।