चाइना मिडिया ग्रुप पेरिस ओलम्पिक खेलकुदको मुख्य प्रसारणकर्ताका रुपमा आधिकारिक रूपमा आमन्त्रित
2023-05-06 17:02:38cri
Share with:

मे ६ तारिख अन्तर्राष्ट्रिय ओलम्पिक समितिको ओलम्पिक प्रसारण सेवा (OBS) र चाइना मिडिया ग्रुप (CMG)ले पैचिङमा सहकार्य सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। चाइना मिडिया ग्रुपलाई पेरिस ओलम्पिक खेलकुदको मुख्य प्रसारणकर्ताका रुपमा आधिकारिक रूपमा निमन्त्रणा गरिएको जनाइएको छ।

 

दुई पक्षले ओलम्पिक भावनाको व्यापक प्रसारलाई संयुक्तरूपमा प्रवर्द्धन गर्न दीर्घकालीन सहयोग संयन्त्रको पनि स्थापना गर्ने योजना छ। अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष बाख र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार मन्त्रालयका उपमन्त्री एवम् चाइना मिडिया ग्रुपका निर्देशक शन हाइ स्योङले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको छ।